अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेशको नाम कोसी स्वीकार्न गोली थाप्दाभन्दा गाह्रो भयो: सांसद निर्मला लिम्बू

प्रदेशको नाम कोसी स्वीकार्न गोली थाप्दाभन्दा गाह्रो भयो: सांसद निर्मला लिम्बू


विराटनगर – जनता समाजवादी पार्टी (जसपा) की सांसद तथा १ नम्बर प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला लिम्बूले कोसी प्रदेश स्वीकार गर्न गोली थाप्दाभन्दा गाह्रो भएको बताउनु भएको छ ।

पहिचानका आधारका प्रदेशको नामकरण हुनुपर्ने बताउँदै आउनु भएकी लिम्बूले बहुमत सदस्यको निर्णय मान्नुपर्ने अवस्थाले आफूहरूलाई आएको मतको अपमान भएको बताउनुभयो ।

पहिचान सहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन । एक्कासि आज बोल्न त दिइयो तर, अपमानपूर्ण ढंगले,’ उहाँले भन्नुभयो, ‘ऐतिहासिक जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन, पहिचानका विभिन्न आन्दोलनमा सहभागी भएर ज्यान अर्पण गरेका सहिदहरुलाई नमन गर्न चाहन्छु ।’

संविधानसभाका साझा सहमतिको मर्म र भावनालाई सम्मान गर्ने आधार मानि यस प्रदेशको नाम किरात लिम्बूवान सगरमाथा हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले नामकरणको विषयमा पुनर्विचार गर्नसमेत माग गर्नुभयो। उहाँले भन्नुभयो, ‘गोलि थाप्दा गाह्रो हुँदैन थियो, जति कोसी नाममा मलाई त्यो भन्दा गाह्रो भयो ।’