अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस-माओवादीको अप्राकृतिक गठबन्धनले देशलाई उधोगतितिर लैजान्छ: विष्णु रिजाल

कांग्रेस-माओवादीको अप्राकृतिक गठबन्धनले देशलाई उधोगतितिर लैजान्छ: विष्णु रिजाल


जुम्ला – नेकपा एमालेको मिसट ग्रासरुट अभियान अन्तर्गत आज जुम्लाको चन्दनाथ नगरपालिकास्तरीय अभिमुखीकरण सम्पन्न भएको छ।

कार्यक्रममा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले माओवादी र कांग्रेको अप्राकृतिक र अवाञ्छित गठबन्धनले मुलुकलाई अधोगतितिर लैजाने भएकाले त्यसका विरुद्धमा जनतालाई जागरुक बनाउँदै एमालेलाई बहुमतमा पुर्याउन आजैदेखि कार्यकर्ताहरु गाउँघरमा खट्नपर्नेमा जोड दिनुभयो।

नेता रिजालले भन्नुभयो, ‘एमालेले कसैको नुन खाएको छैन। आफ्नो बलमा उभिएको छ । आफ्नो निर्णय आफै गर्दछ । त्यसैले हामीलाई जति दण्डित गर्न खोजियोस्, हामी कुनै शक्तिका सामु झुक्दैनौँ । यही मुद्दाका साथ हामी जनताको इजलाशमा खडा भएका छौँ। हामीलाई विश्वास छ, जनताको इजलाशबाट न्याय पाउनेछौँ ।‘

चन्दनाथका १० वटै वडाबाट आएका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता रिजालले भन्नुभयो, ‘माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिलाई व्यापार बनाएको र हर क्षण नाफा–घाटाको मात्र हिसाब गरेर चल्ने गरेकाले ०६४ मा पहिलो शक्ति भएको माओवादी अहिले आफ्नो खुट्टामा उभिन नसक्ने गरी कमजोर बनेको छ । ०७४ मा हामीसँग मिल्दा ३६ सिट जितेको माओवादी ०७९ सालमा पाँच दलसँग मिल्दा १८ सिटमा खुम्चिएको छ । अर्को चुनावमा माओवादीलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउनेछ ।‘

एमालेले कसैको नुन खाएको छैन। आफ्नो बलमा उभिएको छ । आफ्नो निर्णय आफै गर्दछ । त्यसैले हामीलाई जति दण्डित गर्न खोजियोस्, हामी कुनै शक्तिका सामु झुक्दैनौँ । यही मुद्दाका साथ हामी जनताको इजलाशमा खडा भएका छौँ। हामीलाई विश्वास छ, जनताको इजलाशबाट न्याय पाउनेछौँ ।‘

राजनीति अस्थिरता र अव्यवस्थाको अन्त्य गर्न एमालेले जित्न अनिवार्य रहेको उल्लेख गर्दै उपप्रमुख रिजालले भन्नुभयो, ‘कर्णालीको समग्र विकासका लागि एमालेले जित्नुपर्छ। जुम्लामा मरिसकेको राजतन्त्रलाई ब्युझाउँछौँ भन्ने जस्ता भ्रामक कुरा गर्नेहरुले जित्दा स्वाभिमानी जुम्ली जनताको अपमान भएको छ । जुम्ली जनता अग्रगमन र विकासका पक्षमा रहेको प्रमाणित गर्न पनि एमालेले जित्नुपर्छ।‘

चन्दननाथ नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रोकायको अध्यक्षतामा सम्पन्न कार्यक्रमा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्यहरु डा। कुशेन्द्र महत, धीरेन्द्रराज गिरी, गोर्खबहादुर पछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, जयलक्ष्मी चौलागाईंलगायतले बोल्नुभएको थियो ।

भेलाबाट १० वटै वडाका कार्यक्रमहरु तय गरिएका छन् ।

चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका लागि केन्द्रीय प्रतिनिधि तोकिनुभएका केन्द्रीय सदस्य रिजाल ती दुई पालिकाका १८ वटै वडामा आयोजित कार्यक्रममा सहभागी हुने गरी कार्यक्रम तय गरिएको छ । अभियानका क्रममा बैचारिक प्रशिक्षण आयोजना गरिनुका साथै सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई अभियानका रुपमा सञ्चालन गरिने एमालेले जनाएको छ ।