अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं – भारतबाट पेट्रोल डिजेललगायतका इन्धनको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले मूल्य घटाएर पठाएको हो। 

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्याङ्कन गर्दै मूल्य घटबढ गर्ने सम्झौता छ। जसअनुसार आज १ तारिखमा नयाँ मूल्य भारतले पठाएको हो।  नयाँ मूल्यअनुसार खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आएको छ। 

नेपाल आगल निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा , डिजेल प्रतिलिटर पाँच रुपैया, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा, हवाइ इन्धन पाँच रुपैयाँले घटेर आएको छ।