अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १: प्रदेशसभाको बैठक २ घण्टाका लागि स्थगित

प्रदेश १: प्रदेशसभाको बैठक २ घण्टाका लागि स्थगित


विराटनगर – प्रदेश १ प्रदेशसभाको बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । पहिलो बैठकमा प्रदेशको नाम कोशी प्रस्ताव पारित भएर छलफलको चरण सकिएको छ।

प्रदेशसभाको बैठकमा नेकपा एकीकृत समाजवादी र जसपाले राखेको किरात लिम्बुवान सगरमाथाको प्रस्ताव भने प्रदेशसभाले अस्वीकृत गरेको थियो । 

एमालेले दर्ता गराएको कोशी प्रदेशमा माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपाका सांसदले समर्थन जनाएका छन् ।  दुई घण्टापछि बस्ने बैठकमा मत विभाजन हुनेछ । मत विभाजन गर्दा दुईतिहाई मत प्राप्त भए सोही नाम प्रदेशले पाउनेछ । 

दुईतिहाई मतका लागि ६३ मत आवश्यक पर्छ । कोशी प्रस्ताव गर्ने र सहमति जनाउने दलहरूको एमाले, कांग्रेस, माओवादी र राप्रपाको गरी ७८ मत हुन्छ ।