अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचन : आज आठ दलका सांसदलाई  अभिमुखीकरण दिइँदै

राष्ट्रपति निर्वाचन : आज आठ दलका सांसदलाई  अभिमुखीकरण दिइँदै


काठमाडौँ-नेपाली कांग्रेसले आज आठ दलीय गठबन्धनका संघीय सांसदहरुलाई अभिमुखीकरण  दिने भएको छ । 

कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण दिन लागिएको हो । 

कार्यक्रममा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जनाइएको छ । 

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् ।