अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘प्रचण्ड’ वामपन्थी अवसरवाद र माधव नेपाल सांगठनिक अराजकताको नमुना : एमाले नेता आचार्य 

‘प्रचण्ड’ वामपन्थी अवसरवाद र माधव नेपाल सांगठनिक अराजकताको नमुना : एमाले नेता आचार्य 


हुम्ला-नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वामपन्थी अवसरवादको मतियार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सांगठनिक अराजकतावादको मतियार भएको दाबी गर्नुभएको छ ।  

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा हुम्लाको अदानचुली गाउँपालिकाकाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य आचार्यले दश वर्षे जनयुद्धका नाममा उग्रवामन्थीको अगुवाइ गरेको माओवादी केन्द्र पछिल्लो समय सत्तालिप्साको हतियार बनेको आरोप लगाउनुभएको हो ।  

‘जनमतले टुङ्गिँदै गएको माओवादी अवसर बिना छिनभर टिक्न नसकेकै कारण कहिले एमालेको पुच्छर त कहिले नेपाली कांग्रेसको पुच्छर बन्दै गएको छ,’ आचार्यले भन्नुभयो, ‘वामपन्थीका नाममा अवसरबाट टाढा बस्न नसक्ने नेपाली राजनीतिमा अवसरवादीको सबैभन्दा ठूलो मतियार माओवादी अध्यक्ष प्रचण्ड आफै हुन् ।’

नेकपा (एमाले)  माक्सवाद र लेलिनवादको मार्गदर्शक सिद्धान्तका आधारमा अगाडी बढेको बताउँदै केन्द्रीय सदस्य आचार्यले नेपाली भूगोलको मौलिक सिद्धान्तका रुपमा एमालेले जनताको बहुदलीय जनवादलाई अंगिकार गरेको उल्लेख गर्नुभयो ।

लोककल्याणकारी सरकार र समाजवाद निर्माण उन्मुख कार्यक्रमकै आधारमा एमाले निर्विकल्पीक राजनीतिक शक्तिका रुपमा स्थापित भएको दाबी गर्नुभएका आचार्यले माधवकुमार नेपाल सांगठनिक अराजकतावादको मतियार भएको आरोप लगाउनुभयो । 

‘पन्ध्र वर्षसम्म पार्टीको नेतृत्व गरेर पनि पद स्वार्थका कारण पार्टी विभाजन जस्तो कुत्सित कार्य गर्न पछि नपर्ने माधवकुमार नेपालजस्तो सांगठनिक अराजक कम्युनिस्ट आन्दोलनमा कहीँ भेटिँदैन्’, उहाँले थप्नुभयो ‘पार्टी भित्रका असन्तुष्टिलाई समीक्षा र दुईलाइन संघर्षका आधारमा अघि बढ्नु पर्नेमा देशीविदेशी पैतिक्रियावादीको मतियार बनेर पार्टी विभाजन गर्नु समग्र नेपाली कम्युनिस्ट आन्दोलन मात्र नभएर कम्युनिस्ट पार्टीका आम नागरिक माथिको धोका हो ।’  

संगठन सुदृढिकरण र बिस्तारका लागि एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका लागि ताँजकोट, अदानचुली र चंखेली गाउँपालिकामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका आचार्यले पार्टी (एमाले) प्रति बढ्दै गएको जनमत देखेर डराएका देशी विदेशी हत्तिहरुले जबरजस्त कहिले पाँच त कहिले आठ दलको मोर्चा बनाएर खेदो खन्न तयार भएको बताउनुभयो ।