काठमाडौं -विदाका दिन पनि सरकारी कार्यलयको सेवा सञ्चालन गर्ने तयारी गरेको सरकारले कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।
सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएर साविवको समयमा आधा घण्टा कटौती गरिएको हो ।
गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १.३० देखि २ बजेसम्म ।’
यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म काम नगरेको भनी गुनासाहरु आउने गरेका थिए ।
त्यसैलाई सम्बोधन गर्दै सरकारले खाजा समय र अरु विदाहरुको व्यवस्थापन गरेको हो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।





प्रतिक्रिया