अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोट माग्दै नेम्वाङसहित एमाले नेता लोसपा कार्यालयमा

भोट माग्दै नेम्वाङसहित एमाले नेता लोसपा कार्यालयमा


काठमाडौं – नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ भोट माग्न लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा पुग्नुभएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई पार्टी कार्यालयमै पुगेर भेटेर नेम्वाङले राष्ट्रपतिमा सहयोग माग्नुभएको हो।

नेम्वाङको साथमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता जानु भएको थियो । यही २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि नेम्वाङले बिहीबारदेखि भोट माग्ने अभियान थाल्नुभएको थियो । उहाँले हिजो नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग सहयोग माग्नुभएको थियो।