अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीके राउतसँग सुवास नेम्वाङको भेटवार्ता

सीके राउतसँग सुवास नेम्वाङको भेटवार्ता


काठमाडौं – नेकपा एमालेबाट राष्ट्रपति पदका लागि उम्मेदवार सुवास नेम्बाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटवार्ता गर्नुभएकाे छ।

उहाँले शुक्रबार बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा भेटवार्ता गर्नुभएको हो । भेटमा नेम्वाङसँगै एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव याेगेश भट्टराई साथै कृष्णगोपाल श्रेष्ठ नेताहरु सहभागी हुनुहुन्थ्यो। भेटका क्रममा राष्ट्रपतिमा सहयोग गर्न नेम्वाङले आग्रह गर्नुभएको थियो ।

नेम्वाङले आजै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नु भएको थियो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदैछ।