काठमाडौं – राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले परिचयपत्र अनिवार्य बोक्नुपर्ने भएको छ।
शुक्रबार आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले प्रयोग गर्ने परिचय पत्रसम्बन्धमा आयोगले निर्णय गरेको जानकारी दिनुभएको हो ।
उहाँले दुबै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा नेपाली नागरिकताको प्रमाण पत्र लिएर जानुपर्ने बताउनुभयो । त्यस्तै, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ । राष्ट्रपति निर्वाचन फागुन २५ गते र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।







प्रतिक्रिया