अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन थापा प्रचण्डको पाउमा तेल घस्दैछन्ः गोकुल बास्कोटा

गगन थापा प्रचण्डको पाउमा तेल घस्दैछन्ः गोकुल बास्कोटा


काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डको पाउमा तेल घसिरहेको भन्दै व्यङ्ग्य गर्नुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले गगन थापाले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा नेपाली कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताए पनि व्यवहारतः त्यस्तो भूमिकामा नदेखिएको बताउनुभयो।
नेता बास्कोटा लेख्नुहुन्छ, ‘गगन थापाले कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी, तर आज उहाँ प्रचण्डको पाउमा तेल घस्दैछन् । रामचन्द्र हराऊ, सुवास जिताऊ । प्रचण्ड होइन, देउवालाई तुलनात्मक जनमत प्राप्त छ । चकचकेको कचकच बन्द हुनैपर्छ। राम पुज्ने हो, खराऊ पुज्नु भ्रम, देउवा सत्य प्रचण्ड भ्रम।’