प्युठान – प्युठानको माण्डवि गाउपालिका-५ आपचौरमा बाटोमा काम गरिरहेको जेसिबि र मोटरसाइकल ठोक्किएर एकजना पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चलाइरहेका ऐरावती-२ टिकुरी बस्ने अन्दाजी ४०/४५ वर्षका रामबहादुर थापा (गोपाल) रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी बसिरहनुभएकी ऐरावती-२ कि कमला भुसाल घाइते हुनुभएको छ । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
आपचौरमा बाटोको काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबि र बरौलाबाट भालुवाङतर्फ आउँदै गरेको लु २१ प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल ‘मिसन ग्रास रुट’ कार्यक्रमका लागि सरुमारानी-२ रानिबगरमा आयोजना भएको वडास्तरिय कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्थ्यो।
दुर्घटनापछि कार्यक्रम स्थगित गरिएको एमाले सरुमारानी पालिका कमिटीका सचिबालय सदस्य जागेश्वर पोख्रेलले जानकारी दिनुभयो।





प्रतिक्रिया