अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा उल्टो गठबन्धन भइरहेको छ: राजेन्द्र लिङ्देन

देशमा उल्टो गठबन्धन भइरहेको छ: राजेन्द्र लिङ्देन


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताउनु भएको छ । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उहाँले बताउनुभयो ।

संविधान गीता, बाइबल र कुरानजस्तो अपरिवर्तनीय नरहेको बताउँदै उहाँले यसलाई आवश्यकताअनुसार फेरिन र फ्याँकिन सक्ने पनि बताउनुभयो ।

अध्यक्ष लिङ्देन सामाजिक सञ्जालमा लेख्नुहुन्छ, संविधान गीता,बाइबल,कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ।’