अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई अध्यक्ष ओलीको प्रश्न- मालिक खुशी पार्न जनताको भान्सामा विष पठाउने ?

प्रचण्डलाई अध्यक्ष ओलीको प्रश्न- मालिक खुशी पार्न जनताको भान्सामा विष पठाउने ?


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मालिक खुसी बनाउनका लागि नेपालीको भान्सामा विषादीयुक्त तरकारी खुवाउने काम भइरहेको बताएका छन्।
आज स्थानीय तह कर्मचारी संघ, नेपालले अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो।
‘हाम्रा कमन कुराहरु हुन, जुन हामीले उठाउनुपर्छ। त्यसको सन्दर्भमा हामी लड्नुपर्छ। अहिले सरकारमा बस्नेहरुलाई कुनै लाजशरम छैन’, अध्यक्ष ओलीले भन्नुभयो , ‘हाम्रा भान्सा भान्सामा बस्नेहरुलाई विषादीयुक्त चिज आउन दिने, खुवाउन दिने। मालिक खुशी हुन्छन् कि हुँदैनन् भन्ने हो।’
भारतलाई खुसी बनाउन तरकारीहरु नाकामा जाँचबुझ नगर्ने काम प्रधानमन्त्री प्रचण्डले गरेको अध्यक्ष ओलीको भनाई छ ।

‘भारतलाई खुसी बनाउन तरकारीहरु नाकामा जाँचबुझ नगर्ने मालिक खुशी हुन्छन् भने नेपाली मरेर के भो ? नेपालीका भान्सामा विषादी आएर के भयो भन्ने तवरले प्रधानमन्त्रीजीको आदेशमा सब्जी, तरकारीको कुनै जाँचबुझ गर्न पाइने छैन भनेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो , ‘हामीसँग संयन्त्र नहुनु बेग्लै कुरा हो, भएको त जाँच्न पाउन पर्यो नि। तर नपाइनेरु किनभने छिमेकी खुशी पार्नेरु अरु खुशी पार्नेरु बाहिरका शक्तिलाई खुसी पार्ने, हाम्रा भान्सामा विषदीयुक्त खानेकुरा खुवाउने ?’