अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ: अध्यक्ष ओली

रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताउनुभएको छ।

एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उहाँले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताउनुभयो ।

‘एमालेले क्षणिक कुरा मात्र सोच्दैन। दीर्घकालीन कुरा सोच्छ’, उहाँले भन्नुभयो, ‘हरेक ठाउँबाट पार्टीलाई सकारात्मक योगदान पु¥याउनुपर्दछ ।’ उहाँले एकएक जनालाई सम्झाएर बुझाएर पार्टीमा ल्याउनुपर्ने भन्दै पार्टी कार्यकतालाई सक्रिय, रचना र योजनावद्ध र अनुशासित बनाएर काम गर्न निर्देशन दिनुभयो ।

उहाँले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध तवरले सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले पार्टीमा आएका नयाँ र पुराना भनेर भेद्भाव पनि नगर्ने बताउनुभयो । ‘पार्टीले भेद्भाव गर्दैन । भेद्भाव आफूले आफैँलाई नगरौं’, उहाँले थप्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति एमालेमा सबै गोलबन्द भएर काम गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी निकट स्थानीय तह कर्मचारी सङ्घ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठसहितको पदाधिकारी एमालेको जनसङ्गठन पेसागत महासङ्घ नेपालमा समाहित हुनुभएको थियो ।