कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन् ।
तर नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको छ ।
नेकपा एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा नेपाली कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।






प्रतिक्रिया