काठमाडौं- नेकपा एमालेले आज सुखानी दिवश पार्टी केन्द्रीय कार्यलयमा मनाउने भएको छ ।
पञ्चयाती व्यवस्था अन्त्य र जनअधिकारको पुनर्वहालीको अभियान सञ्चालन गरिरहेका बेला २०२९ सालमा पक्राउ परेका पाँचजना योद्धाहरुलाई फागुन २९ गते झापाको सुखानीमा गोली हानेर हत्या गरेको दिनको सम्झनामा सुखानी दिवश मनाइदै आइएको छ ।
रामनाथ दाहाल,नेत्र घिमिरे,नारायण श्रेष्ठ,वीरेन राजवंसी र कृष्ण कुंइकेललाई झापाको चन्द्रगढी जेलबाट इलाम जेल सार्ने बहानमा हालको अर्जुनधारा नगरपालिका र इलामको माइजोगमाइ नगरपालिका बीचको सुखानी जंगलमा लगेर हत्या गरिएको थियो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली पनि त्यसबेला त्यही आन्दोलनमा हुनुहुन्थ्यो । उहाँलाई पक्राउ गर्न खोजेपनि उहाँ प्रहरीबाट छलिएर जोगिनु भएको थियो । उहाँहरुलाई हत्या गरेको अर्को वर्ष २०३० सालमा उहाँ पक्राउ परेर १४ वर्ष पञ्चायती सरकारले जेलमा राखेको थियो ।
सुखानी दिवशका अवसरमा आज एक बजे पार्टी केन्द्रीय कार्यलयमा स्मृति सभा आयोजना गरिएको केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।सुखानीका पाँचजना नेताहरुलाई केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला राज्यका तर्फबाट सहिद घोषणा गरिएको थियो ।






प्रतिक्रिया