काठमाडौँ-आधा घण्टामा भूकम्पका दुई पराकम्पको महसुस गरिएको छ । काभ्रेपलाञ्चोकमा भूकम्पको धक्का महसुस गरिएको आधा घण्टापछि अछाममा पनि महसुस गरिएको हो ।
आज बिहान ८ बजेर ३५ मिनेटमा अछामको छतारा आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि आजै बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको दाप्चा छत्रेबाँझ आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो ।





प्रतिक्रिया