अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी दक्षिणपन्थी अतिवाद हुँदै विसर्जन र पतनको बाटोमा लागेको छ: शंकर पोखरेल

माओवादी दक्षिणपन्थी अतिवाद हुँदै विसर्जन र पतनको बाटोमा लागेको छ: शंकर पोखरेल


काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीमा देखिएको उग्रवामपन्थी अतिवाद दक्षिणपन्थ हुँदै विसर्जनको बाटोमा लागेको आरोप लगाउनु भएको छ।

२४ औं यदु गौतम स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले माओवादीले गरेको जनयुद्धको उदेश्य एकातिर र उसले लिएको बाटो अर्कोतिर भएको भन्दै माओवादी दक्षिणपन्थी अतिवाद हुँदै विसर्जन र पतनको बाटोमा लागेको बताउनु भएको हो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘माओवादी कांग्रेसलाई बलियो र एमालेलाई कमजोर बनाउने काममा लाग्यो हिजोको चुनावमा। यदु गौतमको हत्या उग्रवामपन्थी अतिवादको नमूना हो । माओवादीभित्रको यो उग्रवामपन्थी अतिवाद दक्षिपन्थी विर्सजर्नवाद र आत्मसपर्णबादमा विर्सन हुन्छ। आज माओवादीलाई हेर्ने हो भने दक्षिणपन्थी अवसरवादको चरम नमूनाका रुपमा पतनमुखी यात्राका रुपमा अघि बढिरहेको छ।’

महासचिव पोखरेलले सत्तामा रहेका दलहरुको कार्यशैली र व्यवहारका कारण मुलुक संकटतर्फ धकेलिएकाले परिवर्तन पक्षधर शक्तिहरु धुर्वीकृत हुन जरुरी रहेको पनि बताउनुभयो। उहाँले सत्ता गठबन्धनलाई मंसिरको निर्वाचनमा अस्वीकार गरेकाले नै प्रचण्डलाई एमालेको सहयोगमा प्रधानमन्त्री बनाएर आर्थिक सुधारका काम सुरु भएपनि प्रधानमन्त्री प्रचण्ड देशहितको कदम बोक्न नसकेर असफल भइसकेको गठबन्धन ब्युँताउन लागेको बताउनुभयो।

उहाँले नेकपा एमाले सम्मृद्ध नेपाल सुखी नेपालीको आकांक्षलाई आत्मसात गर्दै अघि बढेको भन्दै आगामी दिनमा एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा अघि बढाउने दावी गर्नुभयो ।