अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य नै छैन: शंकर पोखरेल

प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य नै छैन: शंकर पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताउनु भएको छ।

२४औँ यदु स्मृति दिवसको अवसरमा आज काठमाडौंमा आयोजित एकार्यक्रममा बोल्दै उहाँले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउनेसामर्थ्य नै नभएको दाबी गर्नुभयो ।

महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरूले देशलाई जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि उहाँले त्यसलाई धान्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी भित्रको अन्तरसंघर्षमा सही कुरालाई निषेध गर्दाखेरी के हुँदो रहेछ भन्ने कुरा शायद आज प्रचण्डले व्यहोरिरहेका पीडाहरु त्यसैसँग जोडिएका छन भन्ने मलाई लाग्दछ। यदु गौतमका कुराहरु सुनेको भए आज प्रचण्ड आफ्नो देशको पक्षमा उभिन नसक्ने मुलुकको प्रधानमन्त्री यस्तो बिडम्बनापूर्ण राजनीतिको यात्रा गर्नुपर्थ्यो । प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य छैन। किनकी विगतमा अवलम्बन गरेको बाटो गलत थियो भन्ने कुरा त्यो कायरताले प्रकट गर्छ।’

उहाँले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समीकरण बनेको दाबी गर्नुभयो। मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरुबीच बलियो सहकार्यको आवश्यकता रहेको उहाँले औल्याउनुभयो ।