अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आठ दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

आठ दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा आठ दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बालुवाटारमा आठ दलको बैठक सुरु भएको जानकारी दिनुभयो ।

प्रेस संयोजक शर्माका अनुसार बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, पछिल्लो राजनीतिक घटना क्रम र समसामयिक विषयमा छलफल हुने छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू सहभागी हुनुहुन्छ ।