काठमाडौं-आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबई इन्टरनेशनल मैदानमा नेपाल अज यूएईसँग भिड्ने भएको हो ।
लिग टुमा अहिलेसम्म यूएईलाई हराउन नसकेको नेपालको आज पहिलो पटक उसलाई पराजित गर्नु लक्ष्य हुनेछ । आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्त्वपूर्ण छ ।
लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ । यदि नेपालले आज यूएईलाई पराजित गरेमा नेपालको त्यो सम्भावना कायम रहनेछ ।
प्रतिक्रिया