अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल


काठमाडौँ-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।

मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रूपमा सम्पन्न बनाएको उल्लेख गरिएको उहाँले यसको संरक्षणबाट नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सबै समुदायका चाडपर्वले सम्पूर्ण नेपालीबीच एकापसमा सदभाव कायम गर्ने हुँदा त्यसको महत्त्व र विशेषतालाई प्रवर्द्धनका लागि उहाँले जोड दिनुभयो । अध्यक्ष नेपालले जनताको सात दशक लामो सङ्घर्षले प्राप्त भएका राजनीतिक प्रणालीविरुद्ध भइरहेका गतिविधिप्रति चनाखो हुनुपर्ने बताउनुभयो ।