अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्युठान जिल्ला कमिटी सदस्य थापाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

प्युठान जिल्ला कमिटी सदस्य थापाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त


काठमाडौं  नेकपा (एमाले) ले प्युठान जिल्ला कमिटी सदस्य रामबहादुर थापा ‘गोपाल’ को निधनप्रति दुःख व्यक्त गरेको छ। पार्टी महासचिव शङ्कर पोखरेलले सोमबार शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो । 

जिल्ला कमिटी सदस्य थापा पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत उहाँलाई जिम्मेवारी तोकिएको थियो । कार्यक्रममा सहभागी हुन गइरहेका बेला गत शनिबार माण्डवी गाउँपालिका-५, आँपचौरमा मोटरसाइकल दुर्घटनामा परी थापाको ज्यान गएको थियो । उहाँको दुःखद निधनले पार्टी दुःखी भएको महासचिव पोखरेलले बताउनुभएको छ ।

जीवनभर राजनीतिमा सक्रिय रहनुभएका गोपालको पार्टी कामकै सिलसिलामा निधन भएको घटनाले पार्टीपङ्ति मर्माहत भएको उहाँले उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । कमरेड गोपालको योगदानलाई पार्टीले सधैँ स्मरण गरिरहने छ ।” 

स्वर्गीय गोपालप्रति पार्टीले श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा रहनुभएका उहाँका श्रीमती, छोराछोरी र अन्य आफन्तजनप्रति महासचिव पोखरेलले गहिरो समवेदना व्यक्त गर्नुभएको छ । सोही दुर्घटनामा घाइते हुनुभई उपचार गराइरहनुभएका प्युठान जिल्ला कमिटी सदस्य वसन्ता भुसाल आचार्यको एमालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।