अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्र रक्षाका लागि एमाले सबैसँग सहकार्य गर्न तयार छ: अध्यक्ष ओली

लोकतन्त्र रक्षाका लागि एमाले सबैसँग सहकार्य गर्न तयार छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र रक्षाका लागि एमाले पार्टीले सबैसँग सहकार्य गर्न तयार भएको बताउनु भएको छ।

आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिनुहुँदै उहाँले यस्तो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘लोकतन्त्रको रक्षा गर्ने शर्तमा एमाले काँग्रेससँग सहकार्य गर्न तयार छ। एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ ।’

एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा अध्यक्ष ओलीले प्रशिक्षण दिनुभएको थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा माओवादी केन्द्र एकजना नेताको बन्दी बनेको । बलिदान गरेका नेताहरु त्यहाँ छन् ।उनीहरुलाई पनि त्यसठाऊँबाट मुक्त हुन आग्रह गरदै सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न आग्रह गर्दछु ।’