अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नमान्ने प्रचण्ड हुन्: अध्यक्ष ‍ओली

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नमान्ने प्रचण्ड हुन्: अध्यक्ष ‍ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नमानेकै कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेको बताउनु भएको छ । प्रचण्डले नमानेकै कारण शान्ति प्रक्रिया टुंगोमा नपुगेको उहाँले आरोप लगाउनुभयो ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा एमाले सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा नै द्वन्द्वकालिन मुद्दा टुग्याउन आग्रह गरेका थियौं । तर, उहाँले मान्नुभएन । कहिले के भनेर कहिले के भनेर पन्छिनु भयो ।’

उहाँले आफू प्रधानमन्त्री हुँदा प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई शान्ति प्रक्रिया टुंग्याउन उहाँहरुले भनेअनुसारै सहयोग गरेको ओलीको दाबी छ । उहाँ भन्नुहुन्छ, ‘मैले प्रचण्ड र शेरबहादुरजीलाई पटक-पटक भनें। द्वन्द्वका प्रमुख पक्ष र विपक्ष तपाईंहरु हो । यसको एउटा खाका बनाउँ । म दुवै हातका औंठा छाप गरदिन्छु भने तर उहाँले वास्ता गर्नु भएन ।’