अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति देउवा र राष्ट्रपतिका उम्मेदवार नेम्वाङबीच भेटवार्ता

सभापति देउवा र राष्ट्रपतिका उम्मेदवार नेम्वाङबीच भेटवार्ता


 काठमाडौं – राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ।  

यही २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गर्नुभएको हो ।

नेताहरुबीच राष्ट्रपति निर्वाचनका साथै अन्य राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको एक स्रोतले बताए ।

नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरुमा ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक स्थिरता र दिगो विकासका लागि समेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङको भनाइ थियो । जवाफमा देउवाले कांग्रेसले आवश्यकताका आधारमा सबै दलसँग सहकार्य गर्दै आएको बताएका श्रोतले जनाएको छ।