काठमाडौं – नेकपा एमालेका अध्यक्ष शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्षले छली कुरा बाहेक अरु नजानेको टिप्पणी गर्नुभएको छ।
आज एमाले मुख्यालयमा राष्ट्रपतिको निर्वाचनको लागि नेकपा एमालेका प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिदैँ यस्तो बताउनु भएको हो । ‘एक जना नेपालको नेता हुनुहुन्छ । पुस १० गते भएको सहमति तोड्नुभयो । सहमति तोडेर राष्ट्रिय सहमति रटान लगाइरहनु भएको छ,’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘भएको सहमति तोडेर राष्ट्रिय सहमति हुन्छ रु कस्तो छलि कुरा ? राष्ट्रिय सहमति तोड्ने अनि राष्ट्रिय सहमतिको रट लगाएको लगाएकै गर्ने रु म त्यस पार्टीका कार्यकर्ता र माननीयहरुलाई भन्न चाहन्छु । एउटा व्यक्तिको स्वार्थ र छलछामको पछि तपाईँहरु नलाग्नुहोस् ।’
प्रचण्डले हिजो एउटा परिवर्तनको सपना देखाएर धेरै क्षति गरेको आरोप पनि ओलीले लगाउनुभयो । ‘अहिले पनि अनेक प्रकारका चटक देखाएर मान्ने अल्मल्याउने कोशिसमा उहाँ हुनुहुन्छ,’ ओलीले भन्नुभयो, ‘तपाईँहरु त्यो चटकबाट उम्किुनहोस् । तपाईंहरु बलिदानको पृष्ठभूमिबाट आउनु भएको छ । नेकपा ९एमाले०ले उपयुक्त पात्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । सबै पार्टीलाई आग्रह गर्न चाहन्छु । उपयुक्त पात्रलाई राष्ट्रपति बनाउन भूमिका खेल्नुहोस् ।’
उहाँले अब पनि सचेत नहुने हो भने देश अप्ठ्यारोमा पुग्ने चेतावनी पनि दिनुभयो । ‘अहिले तपाईँहरुले विवेक पुर्याउनु भएन भने सच्याउन नसक्ने ठाउँमा मुलुक पुग्नेछ,’ उहाँले भन्नुभयो, ‘माननीयज्युहरुलाई आग्रह गर्न चाहन्छु । अब सकारात्मक सोँच र तथाकथित घेरा भन्दा माथि उठेर गुण–दोषको आधारमा, योग्यताको आधारमा जिम्मेवारी दिने कुरामा तपाईँहरु सचेत हुनुहोस्।’
उहाँले राष्ट्रपति संविधानको रक्षक र पालक भएको भन्दै गुण–दोषका आधारमा, क्षमताका आधारमा, संविधानप्रति, लोकतन्त्रप्रति प्रतिवद्धताका आधारमा छनोट गर्नुपर्ने बताउनुभयो । ‘म सम्पूर्ण नेपाली जनतालाई अपिल गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘एमालेले दिएको उम्मेदवार बाहेक यस्तो उम्मेदवार अरु छैन । गुण–दोषका आधारमा, क्षमताका आधारमा, संविधानप्रति, लोकतन्त्रप्रति प्रतिवद्धताका आधारमा उम्मेदवार छनोट गर्ने अरु दलको नीति नै छैन ।’






प्रतिक्रिया