अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होलीमा वनभोज आयोजना गरेर ‘मिसन ग्रासरुट’

होलीमा वनभोज आयोजना गरेर ‘मिसन ग्रासरुट’


जुम्ला – जुम्लामा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अन्तर्गत आज होलीका अवसरमा वनभोज आयोजना गरेर शुभकामना आदान-प्रदान गरिएको छ ।

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले यस पटकको होली जुम्लाका एमाले नेता–कार्यकर्ताहरूसँग पिकनिक आयोजना गरेर मनाइएको बताउनु भयो ।

उहाँले मिसन ग्रासरुटमा जुटिरहेकै समयका बीचमा जुम्लाका अगुवा नेता–कार्यकर्तासँग अभियानकै रूपमा खलंगाभन्दा माथिको चेर्याको चौरमा दिनभर अनौपचारिक कुराकानी, देउडा खेल र छलफल गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा मुख्यतः चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकका अगुवा नेता–कार्यकर्ताको सहभागिता थियो ।