अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा जारी 

माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा जारी 


काठमाडौँ-माओवादी धाराका नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी,  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुतीलगायतका नेताहरू सहभागी छन् । 

बैठकमा पार्टी एकता वा कार्यगत एकताबारे छलफल हुने जनाइएको छ ।