अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरीमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु


इनरुवा-सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री  कार्कीलाई ठक्कर दिएको थियो । 

उपचारका क्रममा कार्कीको मृत्यु भएको र  सफारी चालक टहरी–५ का ३५ वर्षीय सुरेश चौधरीलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।