अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घट्यो सुनचाँदीको मूल्य 

घट्यो सुनचाँदीको मूल्य 


काठमाडौं-नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको छ । 

आज छापावाल सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन आइतबार एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजाबी सुन तोलाको एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।