अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुनै विदेशी शक्तिका सामु झुक्दैनौं: विष्णु रिजाल

कुनै विदेशी शक्तिका सामु झुक्दैनौं: विष्णु रिजाल


जुम्ला – नेकपा एमालेका नेता तथा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले कुनै शक्तिका सामु नझुक्ने राष्ट्रवादी पार्टी भएका कारण आफ्नो पार्टीलाई घेराबन्दीमा पारिएको बताउनुभएको छ।

जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनभएको हो।

उहाँले भन्नुभयो, ‘आफ्नो संविधान आफैँ बनाउँदा, नाकाबन्दीको डटेर सामना गर्दा, आफ्नो लुटिएको भूमिसहित नक्सा जारी गर्दा र चीनसँग बारबहन सम्झौता गर्दा हाम्रो पार्टीमाथि प्रहार गरिएको छ । तर, जति गरे पनि हामी कुनै विदेशी प्रभुका सामु झुक्दैनौँ।‘

नेकपा एमालेद्वारा सञ्चालित मिसन ग्रासरुट अभियानका क्रममा आयोजित वडास्तरीय भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले राष्ट्रभक्त पार्टीका पक्षमा जनतालाई गोलबन्द गराउनुपर्नेमा जोड दिनुभयो ।

‘एउटा पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्दछ । एमालेका सही नीतिका कारण आज गाउँगाउँमा विकास सम्भव भएको छ, सामाजिक सुरक्षाका प्रश्नमा जनता लाभान्वित भएका छन् र मुलुकले समृद्धिको मार्ग समातेको छ’, उहाँले भन्नुभयो, ‘तर, हामीलाई अप्राकृतिक रुपमा घेराबन्दी गरेर यी सब कुरालाई अवरुद्ध पार्न खोजिएको छ । जनताको बलमा त्यसलाई परास्त गर्नेछौं ।’