काठमाडौं- एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्नु भएका रुपन्देही शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उहाँकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले रु. १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
बैंकले हालसम्म २०७९ जना ग्राहकलाई बीमा दाबी गरे वापतको ७ करोड ८८ लाख रुपैंयाभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले . २ करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले . १ करोड ३० लाख र मेडिकल बीमा वापत २ हजार ३९ जनाले रु. ३ करोड ६७ लाख रुपैंया बीमा रकम वितरण गरिएको बैंकले जनाएको छ ।
बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधी उपचार बीमा प्राप्त गर्नुहुन्छ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले रु. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रु. ८० हजार रुपैंया उपलब्ध गराउने गरेको छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेका बैंकले जनाएको छ । गत आर्थिक वर्षमा मात्र रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।







प्रतिक्रिया