अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालापानीबाट भारतीय सेना फिर्ता पठाउने केपी ओलीको त्यो प्रस्ताव रामचन्द्रले यसरी रोकेका थिए

कालापानीबाट भारतीय सेना फिर्ता पठाउने केपी ओलीको त्यो प्रस्ताव रामचन्द्रले यसरी रोकेका थिए


काठमाडौं -नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल विभिन्न कारणले अहिले चर्चामा हुनुहुन्छ । उहाँलाई देशभक्त र राष्ट्रवादीको उपमा दिएर चर्चा गरिंदा उहाँ सभाुमख हुँदाको एउटा घटना अहिले बहसमा आएको छ ।
केही दिन अघि नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले सामाजिक सञ्जालमा लेखेर चर्चामा ल्याएको विषय २०५५ सालको हो । त्यतिबेला सभामुख हुनुहुन्थ्यो रामचन्द्र पौडेल ।
गोकुलको ट्विट यस्तो थियो


नेकपा एमालेको तर्फबाट तत्कालिन साँसद केपी शर्मा ओलीले २०५५ साल साउन २४ गते दार्चुला जिल्लाको कालापानी क्षेत्रमा रहेको भारतीय सेना हटाउन माग गर्दै संसदमा सावर्जनिक महत्वको प्रस्ताव दर्ता गराउनु भएको थियो । तर यस विषयमा सभामुख पौडेलले छलफल लाउन मान्नु भएन । साउन २५ गतेको बैठकबाट राष्ट्रियतासँग सम्बन्धित यो विषय सभामुखले छलेपछि एमाले संसदीय विभागका प्रमुख केपी शर्मा ओलीले नै एक विज्ञप्ती जारी गरेर आपत्री जनाउनु भएको थियो ।
हिजो साँसदहरुलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले यो विषयको स्मरण पनि गर्नुभयो । उहाँले एमाले पोलिटव्यूरो सदस्य बास्कोटाको नम लिंदै भन्नुभएको थियो ‘त्यस बेला रामचन्द्रजीले के के गर्नुभएको थियो । गोकुल बास्कोटाले तिथिमिती समेत टिपेर राख्नु भएको छ ।’
के थियो त यसबेलाको घटना ? हेर्नुहोस २०५५ साल साउन २५ गते एमालेका तत्कालिन संसदीय विभाग प्रमुख केपी शर्मा ओलीले जारी गरेको विज्ञप्ती