काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्ने भएको हो ।
बैठकमा राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने राप्रपाले जनाएको छ ।
यस्तै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङसँग छलफल गरेको राप्रपाले कसलाई मत दिने भन्नेबारे आज निर्णय गर्ने छ । राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदै छ ।






प्रतिक्रिया