अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा हल्का वर्षा 

काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा हल्का वर्षा 


काठमाडौँ–काठमाडौँ उपत्यकालगायतका पहाडी जिल्लामा हल्का वर्षा भइरहेको छ । आज बिहानदेखि उपत्यकासहित पहाडी जिल्लामा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । 

महाशाखाका अनुसार देशभर बादल लागिरहे पनि केही स्थानमा मात्र  वर्षा भइरहेको छ। 

गण्डकी, लुम्बिनी, बागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा हिमपात र हल्का वर्षा महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।