अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचन : मतपरिणाम आजै घोषणा हुने

राष्ट्रपति निर्वाचन : मतपरिणाम आजै घोषणा हुने


काठमाडौँ । आज हुन गइरहेको राष्ट्रपति निर्वाचनको मतपरिणाम आजै सार्वजनिक हुनेछ । 

निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेभित्र निर्वाचन परिणाम घोषणा हुनेछ । 

आयोगका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुनेछ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।