काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दै छ ।
आज बिहान ११ बजे बस्ने संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गर्ने रास्वपाले जनाएको छ ।
रास्वपाका प्रतिनिधि सभामा १९ सांसद रहेका छन् । पार्टी सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सांसद पद खारेज गर्ने निर्णय गरेपछि वर्तमान सरकारबाट बाहिरिएको थियो ।
तर, सरकारलाई दिएको समर्थन भने रास्वपाले फिर्ता लिएको छैन ।
बिहान १० देखि ३ बजेसम्म हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।






प्रतिक्रिया