काठमाडौँ-आइसिसी विश्वकप लिग २ अन्तगर्त आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयको मैदानमा आज नेपाली टोली र पपुवान्युगिनीबीच प्रतिस्पर्धा हुन लागेको हो ।
यसअघि पीएनजीले नेपालसँग लगातार दुई खेल हारेको छ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अङ्कका साथ पाँचौँ स्थानमा छ ।
नेपालले अब दुई खेल जिते ३६ अङ्क हुनेछ । दुई जित भए शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अङ्क छ।
प्रतिक्रिया