अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । 

आज छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बुधबार एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजाबी सुनको मूल्य तोलाको एक लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।