काठमाडौँ-आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रियमा हजार रन पूरा गर्ने नेपालको दोस्रो खेलाडी बनेका हुन् ।
विश्वकप लिग–२ मा पपुवा न्यु गिनीविरुद्ध शुक्रबार ९० रन बनाएसँगै उनले १ हजार रन पूरा गरेका हुन् ।
रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनिङ जोडिको यो दोस्रो ठूलो साझेदारी हो । यी दुईले नै गत वर्ष अमेरिकाको हृयुस्टनमा ओमानविरुद्ध १ सय १४ रनको साझेदारी गरेका थिए ।
आसिफले अघिल्लो साता पपुवा न्यु गिनीविरुद्ध नै लिग २ को खेलमा दुबईमा अविजित ८६ रन बनाएका थिए ।
प्रतिक्रिया