काठमाडौं -राष्ट्रपतिका लागि मत खसाले फर्कदै गर्दा एकजना साँसद संसद भवनभित्रै लडेर घाइते भएका छन् ।
नेकपा एकिकृत समाजवादीका मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने भोट खसालेर फर्किने क्रममा सिँडीमा लडेर घाइते हुनु भएको छ । न्यौपाने लड्नुको कारण खुलेको छैन ।
उहाँको टाउकोमा चोट लागेको छ। घाइते सांसद न्यौपानेलाई उपचारका लागि नजिकैको सिभिल अस्पतालमा भर्ना गरिएको छ।
न्यौपाने सप्तरी( ४ (१) बाट निर्वाचित हुनुभएको हो ।






प्रतिक्रिया