अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचन: मतगणनाबारे आयोगका ७ निर्णय

राष्ट्रपति निर्वाचन: मतगणनाबारे आयोगका ७ निर्णय


काठमाडौँ – राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले ७ निर्णय गरेको छ । मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफल गरेको आयोगले ७ निर्णय गरेको हो । 

बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेल, राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलका प्रतिनिधि रमेश लेखक र नेम्वाङका प्रतिनिधि बर्तौला लगायतको उपस्थिति थियो ।

यस्ता छन् राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन आयोगको मतगणनासम्बन्धी बैठकले गरेका निर्णय :

  • दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने
  • स्वस्तिक छाप नभएको मत बदर हुने
  • सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर
  • संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने
  • मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना गणना प्रतिनिधि रहने
  • मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने
  • मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने