अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचनमा ८३१ मत खस्यो

राष्ट्रपति निर्वाचनमा ८३१ मत खस्यो


काठमाडौँ – राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए ।

यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ । यस्तै प्रदेशतर्फ  ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।