अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी आन्दोलन क्रान्ति होइन, संगठित हिंसा र आतंक: गोकुल बास्कोटा

माओवादी आन्दोलन क्रान्ति होइन, संगठित हिंसा र आतंक: गोकुल बास्कोटा


काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटाले माओवादी आन्दोलन कुनै क्रान्ति नभएर संगठित हिंसा र आतंक भएको बताउनु भएको छ।

आज राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले माओवादीहरुले भन्ने गरेको जनयुद्धलाई राजनीतिक खोलभित्र देखिएको सामाजिक फासिवाद भनि टिप्पणी गर्नुभयो।

उहाँले संक्रमणकालीन न्यायको विषय मानवअधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ता, शक्ति वा द्वन्द्वरत पक्षहरुको व्यक्तिगत खुशियालीमा, नाफा वा घाटामा लाखौँ मान्छेहरुको मानवअधिकारसँग जोडिएको प्रश्न व्यक्तिगत लेखाजोखा र स्वार्थको विषय होइन। यो हाम्रो नेपालले पक्ष राष्ट्र भएर अन्तर्राष्ट्रिय रुपमा गरेको मानव अधिकारका सन्धि, अभिसन्धि, महासन्धि, नेपालको संविधान र शान्ति सम्झौताले पनि निरुपण गरेका कुराहरु यसमा पर्छन्।’

सरकारले ऐन ल्याए पनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, ‘मानव अधिकारका अन्तर्राष्ट्रिय खमापनहरुका आधारमा सो विषय अगाडि बढाउनुपर्छ।’