अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनु भएको थियो ।

राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी एमालेका नेम्वाङले १५ हजार ५१८  मतभार पाउनुभयाे ।  पौडेलले प्राप्त गरेको मतभार कुल खसेको मतको ५१ प्रतिशतभन्दा धेरै हो । त्यसैले पौडेल पहिलो चरणबाटै राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे हाे। 

पौडेल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा उम्मेदवार बन्नुभएकाे थियेा । एमालेका नेम्वाङलाई आफ्नो दलको मात्रै समर्थन थियो ।