अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर व्यवस्थापिका संघको बैठकमा भाग लिन सभामुख घिमिरे आज बहराइन जाँदै

अन्तर व्यवस्थापिका संघको बैठकमा भाग लिन सभामुख घिमिरे आज बहराइन जाँदै


काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघको बैठकमा भाग लिन आज बहराइन जाने हुनु भएको छ ।
फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लागेका हुन । सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हो ।

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे शुक्रबार साँझ त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । धमलाका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम प्रतिनिधिसभाका सचिव गोपाल योगी र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी हुनेछन् ।