काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनुभएको छ ।
बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका पौडेललाई एमाले अध्यक्ष ओलीले बधाई तथा शुभकामना दिनुभएको हो ।
‘नेपालको तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय श्री रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ ओलीले भन्नुभएको छ ।






प्रतिक्रिया