काठमाडौँ-माओवादी धाराका दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठक आज बिहान साढे ८ बजेदेखि बालुवाटारमा सुरु भएको हो ।
बैठकमा माओवादी केन्द्रका, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका नेताहरू सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, विप्लव कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायतका नेताहरू छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफल गर्दै आएका छन् ।






प्रतिक्रिया